रूसमा २२ जना सवार हेलिकप्टर बेपत्ता | Khabarhub Khabarhub

रूसमा २२ जना सवार हेलिकप्टर बेपत्ता


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन्।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समय अनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकप्टरसँगको सम्पर्क विच्छेद भएको छ । हेलिकप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए।”

रूसी अधिकारीका अनुसार अन्य हेलिकप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकप्टरको खोजी गरिरहेका छन्।

एमआई–८ सोभियतकालिन डिजाइनको सैन्य हेलिकप्टर हो जुन रूसमा यातायातको लागि व्यापक रूपमा प्रयोग गरिन्छ।

हराएको हेलिकप्टरले जङ्गली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो।

आपतकालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन।

मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ ।

रूसको प्रायः उडानका लागि प्रतिकुल मौसम रहने सुदूर पूर्वी क्षेत्रमा विमान र हेलिकप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो वस्ती र कम जनसङ्ख्या रहेको छ ।

सन् २०२१ को अगष्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र छ जना चालक दलका सदस्य थिए।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ९ : २६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन