मधेस अझै अधिकार सम्पन्न भएको छैन : उपेन्द्र यादव « Khabarhub

मधेस अझै अधिकार सम्पन्न भएको छैन : उपेन्द्र यादव


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकारका लागि मधेसी जनता अझै पनि तत्पर रहनुपर्ने आवश्यकता औंल्याए।

जसपा नेपालको मधेस प्रदेश कमिटीले जनकपुरधाममा आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मधेस अझै पनि अधिकार सम्पन्न हुन नसकेकाले विभिन्न रुपमा आन्दोलन जारी राख्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे।

अध्यक्ष यादवले मेचीदेखि महाकालीसम्मका मधेसी जनताले आगामी दिनमा मतको लडाइँसमेत लड्नुपर्ने बताए ।

अध्यक्ष यादवले भने, “अन्तरिम संविधानमा लेखिएको छ, मधेस प्रदेशसहितको अन्य प्रदेश तर, त्यो कार्यान्वयन हुन सकेको छैन ।”

तथापि अब आगामी दिनमा अहिलेको आठ जिल्लाको मधेसलाई समग्र मधेस प्रदेशका लागि मधेसी जनताले मतको लडाइँ लड्न बाँकी रहेको उनले उल्लेख गरे ।

यो आठवटा जिल्लामात्र मधेस नरहेको उल्लेख गर्दै नेता यादवले अबको लडाइँ आन्दोलनबाट नभई मतको लडाइँ गर्न तयारी थाल्नुपर्ने आवश्यकता औँल्याए । यता अभिमुखीकरण कार्यक्रममा आठवटा जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १० : ५५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर