आज २०८१ साल कात्तिक १५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १५ गते बिहीबारको राशिफल


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १५ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३१ तारिख। कात्तिक कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। कुकुर तिहार, नरक चतुर्दशी आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : राम्रो बोल्छु भन्दाभन्दै नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संगठनले साथ दिनेछ। चाडपर्वको नाममा निन्द्रा गडबढ हुनेछ। खान रुचि नहुने जोखिम छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ।

मिथुन : अचानक धन नास हुने जोखिम छ। खर्च गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। शिक्षाका क्षेत्रमा राहत मिल्नेछ। विपक्षीले अप्ठेरोमा लडाउने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा धोका हुने भएकाले व्यवहार गर्दा सोच्नुपर्ने दिन छ।

कर्कट : आफूले आफूलाई चिन्न नसक्दा समस्या बल्झिनसक्छ। बढी चिल्लो र गुलियो खानाले शरीरमा रोगको प्रकोप बढ्नसक्छ। प्राविधिक शिक्षा र राजनीतिक क्षेत्रमा तपाईंको नाम चर्चामा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

सिंह : दिन सहज छ। साथीको सहयोगमा रमाइलो गर्ने समय हो। खानपानमा सचेत बन्नु राम्रो हुनेछ। परिवारमा खटपटी बढ्नेछ। कला र गलाको प्रदर्शन हुँदा तपाईंको प्रशंसा हुनेछ।

कन्या : धनलक्ष्मी योग परेको छ। लक्ष्मीप्रति भक्ति राख्नु राम्रो हुनेछ। राज्यको अंगमा काम गर्दै हुनुहुन्छ भने तपाईंको बढुवा हुनेछ। साथीहरु सकारात्मक भएकाले परोपकारमा मन दिनु आवश्यक देखिन्छ। परिवारले तपाईंलाई राम्रो साथ दिनेछन्।

तुला : तपाईंको राशिमा चन्द्रमा र सूर्यको संगम भएकाले तपाईंको कला र गलाको प्रशंसा हुनेछ। दान गरेमा मन शान्त हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती बढ्नेछ। आफू सचेत रहनसके रोगबाट मुक्त हुने अवसर मिल्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : साथीभाइको सहयोग मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। शिक्षाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारमा खटपटी बढ्ने योग छ। प्रेम सम्बन्धमा विवाद हुने भएकाले अगाडि नबढ्नु फाइदा होला।

धनु : दिन सहज छ। आजको लगानीबाट फाइदा हुनेछ। रोगबाट मुक्त हुने योग छ। विपक्षी सक्रिय भएकाले काम गर्दा तीन पटक सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ। लगानी गर्न अगाडि नबढ्नु राम्रो हुनेछ। साथी र संगठनको राम्रो साथ मिल्नेछ। एकल लगानी भने घातक हुनेछ। परिवारले साथ नदिँदा मन अशान्त बन्ने खतरा छ।

कुम्भ : मुल त्रिकोणमा शुभग्रह बसेका छन्। लगानीका क्षेत्रमा फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ।

मीन : पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। अचानक नराम्रो समाचारले मन अशान्त बन्नेछ। आज नयाँ कुरा गर्नु भन्दा दैनिक कामलाई मात्र निरन्तरता दिनु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : ०३ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा