पश्चिमी वायुको प्रभाव आज देशभरको मौसम सफा रहने पूर्वानुमान « Khabarhub

पश्चिमी वायुको प्रभाव आज देशभरको मौसम सफा रहने पूर्वानुमान


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ।

विभागका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ६ : ४८ बजे

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके– नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत

विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू)

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका