देउसी खेलेर क्याम्पसमा अक्षयकोष स्थापनाको प्रयास | Khabarhub Khabarhub

देउसी खेलेर क्याम्पसमा अक्षयकोष स्थापनाको प्रयास


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ ।

मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रम दुई लाख ७५ हजार रुपैयाँ सङ्कलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए । देउसीमा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले पनि साथ दिएकी थिइन् ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसको नियमित आयस्रोत नहुँदा अध्यापकलाई तलबको व्यवस्था गर्न पनि समस्या परेका बेला कोष वृद्धिका निम्ति देउसीभैलो कार्यक्रम गरी समस्या समाधानको प्रयास हुनु सराहनीय भएको बताए । पालिकाका तर्फबाट क्याम्पसलाई सक्दो सहयोग हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १० : ४५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ