कुन-कुन देशबाट आउँछ नेपालीले खेल्ने तास ?  « Khabarhub

कुन-कुन देशबाट आउँछ नेपालीले खेल्ने तास ? 


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको महान् चाड दशैं तिहार लगायतमा चाडपर्वहरूमा नेपालीहरूले विशेषतः तास खेल्ने गर्दछन् । आफ्ना आफन्तसँग वा साथीहरू भेला भएर रमाइलो गर्नका लागि तास खेल्ने गरिन्छ । तर तास नेपालमा भने बन्दैन । तर नेपालमा तास भने प्रीति मात्रामा उपलब्ध रहेका हुन्छन् । नेपालको जुनसुकै जिल्लामा पनि तास पाइन्छ ।

यस्ता तासहरू वर्षेनी विदेशबाट करोडौँ खर्चिएर ल्याउने गरिन्छ । यो वर्षको चाडपर्वलाई लक्षित गरेर मात्रै विभिन्न देशहरूबाट गरेर ३९ लाख ८५ हजार ६ सय ३ बुक तास नेपाल ल्याइएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अहिले नेपालमा मूख्यत चीन, भारत, युके, अमेरिका जस्ता देशहरूबाट तास आयात हुने गरेको छ । नेपालमा असोज महिनामा मात्रै ५ करोड ६५ लाख ८९ हजारको तास आएको छ ।

यस पटक साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न देशहरूबाट गरेर ११ करोड ७७ लाख ५३ हजारको तास आयात भएको छ । गत वर्षको साही अवधिमा भने १४ करोड ३२ लाख ४९ हजारको तास आएको थियो ।

नेपालमा सबैभन्दा बढी तास चीनबाट आयात भएको छ । यस पटक चीनबाट मात्रै १० करोड ६३ लाख ९८ हजार रुपैयाँको ३७ लाख ६८ हजार ३ सय ७९ बुक सबैभन्दा बढी तास चीनबाट आयात भएको छ ।

आयात भएको तासमध्ये ९० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेको छ । दोस्रोमा भारत रहेको छ । यस पटक भारतबाट १ करोड १३ लाख ५० हजार रुपैयाँको २ लाख १६ हजार ४ सय ९६ बुक तास आएको छ ।

अमेरिकाबाट ७२० बुक तास आएको छ । युकेबाट ४ बुक आस आए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : ४४ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न