कुन-कुन देशबाट आउँछ नेपालीले खेल्ने तास ?  « Khabarhub

कुन-कुन देशबाट आउँछ नेपालीले खेल्ने तास ? 


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको महान् चाड दशैं तिहार लगायतमा चाडपर्वहरूमा नेपालीहरूले विशेषतः तास खेल्ने गर्दछन् । आफ्ना आफन्तसँग वा साथीहरू भेला भएर रमाइलो गर्नका लागि तास खेल्ने गरिन्छ । तर तास नेपालमा भने बन्दैन । तर नेपालमा तास भने प्रीति मात्रामा उपलब्ध रहेका हुन्छन् । नेपालको जुनसुकै जिल्लामा पनि तास पाइन्छ ।

यस्ता तासहरू वर्षेनी विदेशबाट करोडौँ खर्चिएर ल्याउने गरिन्छ । यो वर्षको चाडपर्वलाई लक्षित गरेर मात्रै विभिन्न देशहरूबाट गरेर ३९ लाख ८५ हजार ६ सय ३ बुक तास नेपाल ल्याइएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अहिले नेपालमा मूख्यत चीन, भारत, युके, अमेरिका जस्ता देशहरूबाट तास आयात हुने गरेको छ । नेपालमा असोज महिनामा मात्रै ५ करोड ६५ लाख ८९ हजारको तास आएको छ ।

यस पटक साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न देशहरूबाट गरेर ११ करोड ७७ लाख ५३ हजारको तास आयात भएको छ । गत वर्षको साही अवधिमा भने १४ करोड ३२ लाख ४९ हजारको तास आएको थियो ।

नेपालमा सबैभन्दा बढी तास चीनबाट आयात भएको छ । यस पटक चीनबाट मात्रै १० करोड ६३ लाख ९८ हजार रुपैयाँको ३७ लाख ६८ हजार ३ सय ७९ बुक सबैभन्दा बढी तास चीनबाट आयात भएको छ ।

आयात भएको तासमध्ये ९० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेको छ । दोस्रोमा भारत रहेको छ । यस पटक भारतबाट १ करोड १३ लाख ५० हजार रुपैयाँको २ लाख १६ हजार ४ सय ९६ बुक तास आएको छ ।

अमेरिकाबाट ७२० बुक तास आएको छ । युकेबाट ४ बुक आस आए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १२ : ४४ बजे

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको