युक्रेनको खार्किभमा रूसी हमला : दुई जनाको मृत्यु, ३४ घाइते | Khabarhub Khabarhub

युक्रेनको खार्किभमा रूसी हमला : दुई जनाको मृत्यु, ३४ घाइते


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

किएभ युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार हवाई आक्रमणको माध्यमबाट रूसले प्रहार गरेको शक्तिशाली हतियार प्रमुख उत्तरपूर्वी शहर खार्किभको एक भवनमा ठोक्किएको थियो । 

गभर्नर ओलेग सिनेगोबोभले पछिल्लो आक्रमणमा एक बालक र एक वयस्कको मृत्यु भएको पुष्टि गर्दै केही मानिसरू अझै ‘भग्नावशेषमुनि फसेको हुन सक्ने’ बताए।  

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ । यो साढे दुई वर्षको युद्धमा रूसी आक्रमणले ध्वस्त भएको छ ।

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार साँझ आफ्ना पश्चिमी सहयोगीहरूलाई हमलाको प्रतिक्रियामा कार्य गर्न आह्वान गरेका छन् । उनले टेलिग्राममार्फत प्रतिक्रियात्मक कार्य गर्न ढिलाइ भएमा युक्रेनविरुद्ध सयौँ रूसी हमलाले युक्रेनी जनताको जीवन संकटमा पर्ने बताए।  

जेलेन्स्कीले पश्चिमी देशहरूलाई युक्रेनलाई प्रभावकारी र राम्रो सुरक्षाका साथै लामो दूरीका हतियारहरू उपलब्ध गराउन आग्रह गरे । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  २ : १६ बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ