आठ वर्षपछि दम्ती सब–स्टेसन सञ्चालन « Khabarhub

आठ वर्षपछि दम्ती सब–स्टेसन सञ्चालन


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा आएको छ । सांसद सूर्यबहादुर थापाले सब–स्टेसनको बुधबार उद्‌घाटन गरेका हुन् ।

विसं २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सब–स्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युुत् प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सब–स्टेसन सञ्चालन कार्यक्रममा सांसद थापाले सब–स्टेसन सञ्चालनले जिल्लाभित्रको विद्युत् अनियमित हुने समस्या हट्ने विश्वास व्यक्त गरे । 

सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सब–स्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिश्चितता जस्तै कार्यान्वयनको पाटो महत्वपूर्ण हुने बताए। उनले मङ्सिरभरिमा नौवाहिनीको वडा नं १ र गौमुखी गाउँपालिका–३ रजवाराको आधा भागमा विद्युतीकरण नभएकाले विद्युतीकरण गर्नु आफूसहित सबैको पहिलो प्राथमिकता रहनुपर्नेमा जोड दिए।

नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासका अनुसार सब–स्टेसन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्नेछ । सब–स्टेसनको निर्माण २०७२ असार ४ गते आरके विश्वनाथ जेभीले सात करोड ४२ लाख ६७ हजार दुई सय ३९ मा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम गरेको थियो । 

लाइन तान्नका लागि श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले पाँच करोड ३६ लाख ६० हजार ६ सय ८२ मा २०७४ जेठ १७ गते ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्ने हराउने, नियामक निकायले सक्रियता देखाउँदा काम गरेजस्तो गर्ने हुँदा ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदार कम्पनी सम्पर्कविहीन भएको वितरण केन्द्र प्रमुख दासले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ३ : ५० बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल