इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र  | Khabarhub Khabarhub

इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र 


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी इन्डोनेसियाको समुद्री तटमा बालबालिकासहित दर्जनौँ रोहिङ्ग्या शरणार्थी फसेको तथा उनीहरू नजिकै छ जनाको शव फेला परेको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।

उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू जीवन बचाउनका लागि प्रत्येक वर्ष लामो र खतरापूर्ण समुद्री यात्रा तय गरी मलेसिया तथा इन्डोनेसिया पुग्ने आशामा डुङ्गाको यात्रा गर्ने गर्छन ।  

आचेह प्रान्तको समुद्री तटबाट करिब एक सय मिटर टाढा बिहीबार बिहानै शरणार्थीहरूलाई छाडिएको पूर्वी आचेहका ग्रामीण अधिकारी सैफुल अन्वरले बताए।

उनका अनुसार उक्त समूहमा ४६ महिला, ३७ जना पुरुष र सात जना बालबालिका थिए भने दुई वटा शव किनारमा र चारवटा समुद्रमा तैरिरहेका थिए ।

स्थानीय बासिन्दाहरूबाट प्राप्त जानकारी अनुसार यी शरणार्थीहरूलाई बिहान चार बजेतिर एउटा डुङ्गाले ल्याएर छोडेको थियो । आठ जना बिरामी शरणार्थीलाई उपचारका लागि अस्पताल लगिएको  छ । 

पूर्वी आचेहका कार्यवाहक प्रमुख जिल्ला अधिकारी अमरुल्लाह एम रिधाले पत्रकारहरूलाई अधिकारीहरूले उनीहरूलाई आश्रय नदिएसम्म शरणार्थीहरूलाई समुद्र तटमा तम्बुहरूमा राखिने बताए ।  

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले शरणार्थी आगमन बारे थाहा भएको जनाए पनि थप जानकारी दिन नसक्ने बताएको छ ।  

आचेहका कार्यवाहक गभर्नर सफरिजलले पत्रकारहरूलाई ‘मानव बेचबिखन माफिया गतिविधि’ पछिल्लो शरणार्थी आगमनका लागि जिम्मेवार रहेको बताए।  

यस महिना पश्चिमी इन्डोनेसियामा आगमन गर्ने यो तेस्रो शरणार्थी समूह हो । एक सय ५० भन्दा बढी शरणार्थी आचेहमा र अन्य एक सय ४० जना उत्तरी सुमात्रा प्रान्तमा आइसकेका छन् ।

युएनएचसि आरका अनुसार सन् २०२३ जनवरीदेखि २०२४ मार्चको बीचमा दुई हजार पाँच सय रोहिङ्ग्या डुङ्गामार्फत आचेहमा आएका थिए । 

पछिल्लो समयमा मुस्लिम जातीय समूहले म्यान्मामा उत्पीडनको सामना गरिरहेको अवस्थामा धेरैले सैन्य दमनबाट भागी छिमेकी बङ्लादेशको शरणार्थी शिविरमा शरण लिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : १० बजे

एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाको पशु सेवा शाखाले एकीकृत घुम्ती

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

स्वयम्भुबाट देखिएको झिलिमिली काठमाडौं (तस्बिरहरू)

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको

माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : प्रचण्ड

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तिहारमा झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं