खानेपानी र बिजुलीको अभावविरुद्ध कराँचीमा प्रदर्शन « Khabarhub

खानेपानी र बिजुलीको अभावविरुद्ध कराँचीमा प्रदर्शन


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी र बिजुलीका आपूर्ति नियमित बनाउन माग गर्दै पाकिस्तानको कराँचीमा प्रदर्शनको आयोजना गरिएको छ । शहरमा जारी खानेपानी र बिजुलीको अभावको विरोधमा कराँचीको युनिभर्सिटी रोडमा प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तानको एआरवाई न्युजका अनुसार प्रदर्शनका कारण शहरको यातायात प्रणाली अस्तव्यस्त भएको छ । प्रदर्शन मत्थर पार्न प्रहरी र प्रदर्शनकारी नेतृत्वबीचको वार्ता सफल हुन नसकेको जनाइएको छ ।

शहरमा एकातिर अभाव भइरहेका बेला अर्कोतिर चुहावटका कारण ठूलो परिमाणमा खानेपानी खेर गइरहेको प्रदर्शनकारीको भनाइ छ ।

पछिल्ला केही दिनयता कराँचीमा खानेपानीको चरम अभाव देखिएको एआरवाई न्युजले जनाएको छ । शहरको नजिमाबाद, गुल्शन ए इकबाल, पीआईबी कोलोनी, मलिर गुलिस्तान, जोहारजस्ता क्षेत्रमा खानेपानीको अभाव देखिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ७ : २८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा