होमसेन्टर नपाएको भन्दै जनकपुरको रामस्वरुप क्याम्पसमा तालाबन्दी  | Khabarhub Khabarhub

होमसेन्टर नपाएको भन्दै जनकपुरको रामस्वरुप क्याम्पसमा तालाबन्दी 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराव) क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू परीक्षा केन्द्र अन्य क्याम्पसमा कायम गरिएको भन्दै आन्दोलित भएका छन् । स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा पुस १७ गतेदेखि हुन लागेको छ । 

सोही तहमा रारावमा अध्ययनरत केहीको परीक्षा केन्द्र रारावमा राखिएको र केहीको नराखिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीहरूले क्याम्पस प्रशासनको कक्षमा तालाबन्दी गरेका छन्‌ । उनीहरूले क्याम्पस प्रशासनविरुद्ध चर्को नाराबाजी पनि गरिरहेका छन् । 

विद्यार्थीको आक्रोश जायज रहेको क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) का सभापति मनिष यादवले बताए । रारावमा पहिलेदेखि नै होमसेन्टर रहेकोमा हाल परीक्षा केन्द्रबारे गलत निर्णय गरेको यादवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्ववियु सभापति यादवका अनुसार रारावको क्याम्पसको परीक्षा केन्द्र जनकपुरधामको मोडेल मल्टिपल कलेज, पब्लिक युथ क्याम्पस र राजर्षि जनक क्याम्पसमा तोकिएको छ ।

परीक्षा केन्द्रलाई लिएर हुने कुनै किसिमको क्षतिको जिम्मेवार विद्यार्थीहरू नभइ क्याम्पस प्रशासन, केन्द्रीय कार्यालय तथा परीक्षा नियन्त्रकको कार्यालय हुने उनले चेतावनी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : २५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस