गोकर्णेश्वरको देशेंमा ३५ वर्षपछि नवदुर्गा नाच (तस्बिरहरू) « Khabarhub

गोकर्णेश्वरको देशेंमा ३५ वर्षपछि नवदुर्गा नाच (तस्बिरहरू)


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच गोकर्णेश्वरको देशेंमा ३५ वर्षपछि सोमबारदेखि सुरु भएको छ।

सोमबार साँझ नचाइएको नाच मंगलबारसम्म दुईदिन चल्ने छ। यो नाच गोकर्णेश्वरमा २०४६ सालपछि बन्द भएको थियो । ३५ वर्षपछि २०८१ बाट फेरि सुरु भएको हो ।

इतिहास तथा शिलालेखहरूअनुसार लिच्छबी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरका रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्ने विश्वास थियो ।

त्यसैगरी सुख, शान्ति एवम् समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधिद्वारा देवदेवीलाई आह्वान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए।

नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायत देवगण हुन्छन्।

आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुका साथै निरोगी हुने धार्मिक विश्वास छ।

नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति भएर सबै प्रकारका डर त्रासबाट मुक्त हुनेसमेत जनविश्वास छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : २५ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत