टुँडिखेलमा जुम्ली भैलोको रौनक (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा जुम्ली भैलोको रौनक (तस्बिरहरू)


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका अधिकांश क्षेत्र र समुदायले तिहारका बेला कात्तिक कृष्ण औंसीमा देउसी-भैलो खेल्ने चलन छ ।

तर कर्णालीको जुम्ला क्षेत्रका बासिन्दाले भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने गर्छन् ।

स्थानीय लोककथाअनुसार जुम्ली भैलोको मौलिकता र विशिष्टता उजागर गर्ने धेरै घटना छन् । बाह्य संस्कृतिको प्रभावले मौलिक परम्परा विस्तारै हराउँदै गएको छ।

सामान्यत: नेपाली तिहारमाको भैलोको दिन अर्थात् दीपावलीको दिन कात्तिककृष्ण औंसीको दिन गाईपूजा गरिन्छ ।

जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी भनिन्छ। त्यो दिन गाईगोरुलाई खुवाउन भाटमास पकाउँछन्। कागलाई पनि खाना दिइन्छ ।

त्यहीअवसरमा जुम्लाका विभिन्न स्थान र राजधानी काठमाडौंमा नाचगानसहित पर्व मनाइन्छ ।

मंगलबार काठमाडौंमा यो पर्व मनाइएको छ । जुम्लाकी धनदेवी पाण्डेले पुस कृष्ण औंसीदेखि विभिन्न स्थानमा भैलो खेल्ने गरेको बताइन् । उनले बसाइँसराईसँगै यो पर्व जुम्लाबाहिर पनि खेल्ने गरिएको बताइन् ।

जुम्लामा यो पर्वमा साँझमा भैलो खेल्ने गरिन्छ । तर काठमाडौंमा सम्भव नभएपछि दिउँसै टुँडिखेलमा खेलिएको हो ।

पाण्डेले आफ्नो संस्कार र संस्कृतिलाई जोगाउन काठमाडौंमा भैलो खेल्न थालिएको बताइन् । यो पर्वबारे अरुलाई बुझाउन पनि यस्तो गरिएको उनले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : २७ बजे

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी

पछिल्लो बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

काठमाडौँ, अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा