‘मेरा गाउँको खड्क्या मन्त्री’ को लोकार्पण « Khabarhub

‘मेरा गाउँको खड्क्या मन्त्री’ को लोकार्पण


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कैलाली– आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को एक कार्यक्रमका बीच टीकापुरमा लोकार्पण गरिएको छ ।

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण नेपाली दम्पतीले गरेका हुन् ।

गगन फाउन्डेसनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेको समस्या, पीडा, दैनिक जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।

‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास लोकार्पण कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरू भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे ।

‘जित्नेहरूको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत आख्यानकार थापाले एक विपन्न परिवार, उसको सङ्घर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्‍याएको योगदानबारे यथार्थ उजागर गरिएको छ’ डाक्टर उपाध्यायले भने ‘आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनु पर्ने धारणा उपन्यासमा देखिन्छ ।’

चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्जलिकतामा जोड दिएको छ । प्रकाशक गगन फाउन्डेसनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्र नै प्रमुख अतिथि बनाएर लोकार्पण गरिएको बताउँदै उक्त उपन्यासको बिक्रीबाट हुने सम्पूर्ण रकम खड्काबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

गगन फाउन्डेसनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल, कालुप्रसाद काफ्लेले उपन्यास बारे बोलेका थिए ।

कार्यक्रममा दैलेखका दिलीप आचार्यले पुस्तक बिक्रीको १० हजार रुपैयाँ नेपालीको परिवारलाई हस्तान्तरण गरेका थिए । टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्वासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपाली बजार क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको