अर्थसंक्षेप : फास्टट्रयाकलाई प्राधिकरणको १२ मेगावाट बिजुली, ३३ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : फास्टट्रयाकलाई प्राधिकरणको १२ मेगावाट बिजुली, ३३ अंकले घट्यो नेप्से


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

३३ अंकले घट्यो नेप्से, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३.०८ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६.५० बिन्दुमा कायम भएको हो ।

तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।

वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अंकको गिरावट आएको छ । वित्त समूह पाँच दशमलव १९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह दशमलव ९७ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव ३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी शून्य दशमलव ०८, जीवन बीमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।

आज सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट भएको छ ।

फास्टट्रयाक बनाउन प्राधिकरणले तत्कालै १२ मेगावाट बिजुली दिने
नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।

विद्युत् अभावमा फास्टट्रयाक निर्माण प्रभावित हुन नदिन वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको प्राधिकरणले जानकारी दिएको हो । उक्त क्षेत्रका आम नागरिकले भने विद्युत् निर्वाध विद्युत आपूर्तिमा पाइरहेका छन्‌ ।

फास्टट्रयाकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको हो ।

फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।

नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने

हवाई यात्रुको सङ्ख्या बढ्यो, नेपालबाट १६ देशमा नियमित उडान

मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको हो ।

प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले दिएको जानकारीअनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कूल ८७ लाख ६० हजार तीनसय दुई लाई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कूल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए ।

कोशीमा दुई लाख ६५ हजार किशोरीलाई एचपीभी खोप दिइँदै

अर्जुनचौपारीका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार निजहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पालिका पूर्वअध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

पूर्वअध्यक्ष अर्याल पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार थिए । तीन हजार ३१९ मत ल्याएका उनले नेकपा (एमाले)का मोहन केसीलाई ७८ मतले पराजित गरेका थिए ।

गाउँपालिका-१ स्थित स्थानीय बजार क्षेत्रको बाटो ढलान गर्न आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विनियोजित बजेटबाट गुणस्तरहीन काम गरेको उजुरी आयोगमा परेको थियो ।

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

२०२४ मा एघार लाख ४७ हजार पर्यटक भित्रिए

रोशीका विपद् प्रभावितलाई आर्थिक सहयोग

गत असोज दोस्रो साताको बाढी पहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडित परिवारलाई संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले राहत रकम प्रदान गरेको छ ।

डब्लुएफपीको नेपालस्थित कार्यालयमार्फत उक्त राहत रकम प्रभावित परिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका थिए ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण विवाद अझै सुल्झेन

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन ।

७० करोड लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो ।

वैदेशिक रोजगार बचतपत्र ११ प्रतिशत मात्रै बिक्री

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ ।

गत मङ्सिर १२ गते जारी भएको ५० करोड बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र पाँच करोड ४२ लाख बराबरको बिक्री भएको छ ।

कार्यालयले जारी गरेको दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र–२०८६ ९क० भने शतप्रतिशत बिक्री भएको छ । नागरिक बचतपत्रमा सात दशमलव ५० र वैदेशिक रोजगार बचतपत्रमा आठ दशमलव ५० प्रतिशत ब्याज तोकिएको छ । बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : १० बजे

खराब मौसमका कारण दिल्लीमा उडान तथा रेल सेवा प्रभावित

एजेन्सी – बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका उडान र रेल

चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च

एजेन्सी – चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड

पृथ्वी जयन्तीमा राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा

चितवन महोत्सव पुस २५ गतेदेखि, १५ दिनसम्म चल्ने

काठमाडौं – चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि

इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी

एजेन्सी – इन्डोनेसियाले सन् २०२४ मा ३३ वर्ष यताकै तातो