रोप्ने समयमै आलुको बिउँ अभाव  « Khabarhub

रोप्ने समयमै आलुको बिउँ अभाव 

बिउको मूल्य एकै पटक ३५ रुपैयाँले बढेको किसानको गुनासो 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउँ अभाव हुँदा किसान चिन्तित बनेका छन् ।

गत वर्षको तुलनामा आलु रोप्ने समयमा मूल्य बढेपछि किसानले सहज रूपमा बिउँ पाउन नसकेको वैतेश्वर-४ ठुल्चौरका स्थानीय किसान जगत बहादुर खत्रीले बताए।

गत वर्ष ३ मुरी आलु रोपेका उनले यस वर्ष बिउँ अभावका कारण २ मुरी मात्रै आलु रोप्ने योजना बनाएका छन् ।

अघिल्लो साल प्रति केजी ६५ रुपैयाँमा पाइने उन्नत जातको आलुको बिउँको मूल्य अहिले बढेर ९०/१०० रुपैयाँ पुगेको उनले सुनाए।खत्री भन्छन् गत साल ठेकेदारले गाउँमै ६०/६५रुपैयाँमा  बिउँ ल्याइदिने गर्थे तर यस वर्ष आलुको मूल्यसँगै बिउको पनि मूल्य बढेकाले गतको तुलनामा यस वर्ष खेती नै घटाउने सोचमा रहेको वैतेश्वर-४ ठुलचौर निवासी किसान खत्रीले बताए।

आलु खेती लगाउने समयमा आलुको बिउँमा व्यापारीहरूले अचानक मनपरी मूल्य वृद्धि गरेका कारण समस्यामा परेको किसानहरूले गुनासो गरेका छन्। 

आलु रोप्नका लागि बारी तयार पारेर बिउँको खोजी गर्दा जिल्लामै बिउ अभाव भएको अर्का स्थानीय किसान महेन्द्र खड्काले बताए।

खड्का भन्छन् अचानक बिउ व्यापारी तथा ठेकेदारले बिउँको मूल्य वृद्धि गरेर रोप्ने समय बिउँ अभाव हुँदा समस्यामा परेको गुनासो गरे।

अघिल्लो वर्ष रोप्ने अन्तिम समय माघमा बिउँको मूल्य ७० रुपैयाँ पुगेको थियो तर अहिले सुरुमै बिउ मूल्य ८०/९० रुपैयाँ पुगे पनि बिउ पाउन नसकेको खड्काले बताए।

अचानक जिल्लामा आलु बिउँको मूल्य बढे पनि सम्बन्धी निकायहरू आलुको मूल्य वृद्धि अनुगमन नभएकाले बिउँ व्यापारीहरूले मनपरी बिउ मूल्य राखेको हुनसक्ने उनले बताए।

यहाँका किसानले चारैतिर बिउँ अभाव देखिएकाले आफैँ उत्पादन गरेको स्थानीय आलुलाई बिउको रूपमा रोप्न सुरु गरेको समेत बताएका छन्।

वैतेश्वर-४ को ठुलचौरमा १४ घरधुरी रहेका छन् । १४ घरले यस वर्षको भदौमा करिब एक करोड बराबरको आलु बिक्री गरेका थिए।

यहाँको करिब ३ रोपनीमा आलु खेती हुँदै आएको स्थानीय किसान कृष्ण खड्काले बताए।दुई घर घिमिरे र १२ घर खड्का परिवारले व्यवसायीक रूपमा आलु खेती गर्दै आएका छन्।वार्षिक ७० करोड बराबरको आलु उत्पादन हुने दोलखामा यस वर्ष धेरै क्षेत्रमा बिउँ अभाव भएको हुँदा खेतीसँगै उत्पादन पनि घट्ने किसानहरू बताउँछन्।

आलुको उत्पादकत्व वृद्धिका लागि सबैभन्दा आवश्यक उन्नत बिउँ हो तर यस वर्ष उन्नत बिउँ अभाव देखेपछि गत वर्ष खेती गरेको आलुलाई बिउँको रूपमा लगाइएको छ । स्थानीय किसानहरूका अनुसार अन्य कुराहरू सामान्य रहे पनि बिउ मात्र उन्नत प्रयोग गर्ने हो भने उत्पादनमा २० देखि ४० प्रतिशतसम्म वृद्धि हुन्छ।तर यस पटक बिउँ अभाव भएकाले उत्पादकत्व घट्ने र आम्दानी पनि घट्ने किसानहरूले बताए ।

मुख्य गरी जिल्लाको शैलुङ, मेलुङ, मकैबारि बोच,कालिन्चोक, गौरीशंकर खावा, जिरी, वैतेश्वर पोखरी, ठुलचौर, ठुलोबन फाप्लु एवो, हाव्वा लगायतका क्षेत्रमा अत्यधिक आलु खेती हुँदै आएको छ । 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : २० बजे

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि