‘भरतपुरमा सन्तुलित विकास भएको छ’ : अध्यक्ष दाहाल « Khabarhub

‘भरतपुरमा सन्तुलित विकास भएको छ’ : अध्यक्ष दाहाल


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको दाबी गरेका छन्‌ । प्रचण्डकी छोरी रेणु दाहाल हाल भरतपुरकी मेयर हुन्‌ ।

भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताए ।

प्रचण्डले भने, ‘नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकाङ्क्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ ।’

उनले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘प्रकृतिले दिएको जल, जमिन, जडीबुटी, हिमाल, पहाड र तराई सबै पर्यटकीयस्थल हो । त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्ने हुन्छ । यो सबै चितवन तथा भरतपुरमा रहेको छ ।’

भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताइन्‌ । उनले यहाँ आउनको लागि भौतिक बाटोघाटोको काम सकिएको भन्दै अहिले आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने दाबी गरिन्‌ ।

प्रमुख दाहालले अहिले मेघौली विमानस्थल सञ्चालनको कामभन्दा पनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गरिन्‌ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटाले भरतपुरसँग समन्वय गरी यहाँ विभिन्न पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएको बताए । उनले खर्च गर्नसक्ने पर्यटक अहिले मेघौलीका होटलमा आउने गरेको भन्दै यस्तै अन्य स्थानमा पनि नयाँ थप गन्तव्यको पहिचान र प्रचारप्रसार गरिनुपर्ने औंल्याए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद तथा रैथाने खाना महोत्सवका सल्लाहकार कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, इच्छाकामना गाउँपापिलका अध्यक्ष दानबहादुर गुरुङ, उद्योग वाणिज्य सङ्घ चितवनमा अध्यक्ष सुमनकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए भने भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य दिएका थिए । रासस

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ५१ बजे

विश्वकप फुटबल: कंगोमाथि कोलम्बियाको १-० को संघर्षपूर्ण जित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका