निगमले बढायो डिजेल र पेट्रोलको भाउ, हवाई इन्धन सस्तियो « Khabarhub

निगमले बढायो डिजेल र पेट्रोलको भाउ, हवाई इन्धन सस्तियो


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ ।

निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य अब १६३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १६२ रुपैयाँ तोकिएको छ ।

काठमाडौं र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्ने निगमले जनाएको छ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ तिर्नुपर्नेछ । अन्य क्षेत्रमा भने डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा पर्नेछ ।

निगमले हवाइ इन्धनको मूल्य भने आन्तरिकतर्फ दुई र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ०७ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र