आज २०८१ साल पुस १७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १७ गते बुधबारको राशिफल


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १७ गते बुधबार तदनुसार अंग्रेजी नयाँ वर्ष। सन् २०२५ जनवरी १ तारिख। पुस शुक्ल पक्षको द्वतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। हरेक काममा स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट बच्ने प्रयास गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ। साथीभाइसँगको संगत फलदायी हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

कर्कट : बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या हुनसक्छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक ठाउँमा बाधा हुनेछ। सुझबुझका साथ अगाडि बढ्नु फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। आफ्नो स्वास्थ्यलाई बिर्सिएर करुको विषयमा चासो राख्ने बानीले ठुलो घाटा हुनेछ। चिसोबाट सचेत नभएमा स्वास्थ्य समस्या देखिने जोखिम छ। यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ। परिवारबाट भने धोका हुने जोखिम छ।

तुला : दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। आफन्तलाई खुशी पार्न समस्या हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सानो कुराले मनमा खटपटी बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : दिन राम्रो छ। हरेक रोगबाट मुक्त हुने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मकर : दैनिक काम सहजै बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : बोलीमा सरस्वतीको बास छ। परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ। गुरुबाट असहयोग हुँदा मन भने दुःखी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु
राम्रो हुनेछ।

मीन : दिन समान्य छ। दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन्। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : १५ बजे

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

एजेन्सी– अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा