बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी

सरकार र बैंकसँग व्यवसायीको गुनासो, नेताले देखाए कर्मचारीको दोष


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


261
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन संशोधनको तयारी गरिरहेका बेला बैंक र वित्त क्षेत्रका सरोकारवालाहरुले सहकारीपछि बैंकहरु संकटमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले देशमा लगानीको वातावरण नभएको बताउँदै सरकार र बैंकहरुले यसमा ध्यान दिनुपर्ने बताएका छन् ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकम एवं रेडियो क्यान्डिडको संयुक्त आयोजनामा मंगलबार दरबारमार्गमा सम्पन्न ‘बैंकिङ र वित्तीय संस्थाको चुनौति’ विषयक अन्तरक्रियामा सरोकारवालाले सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् ।

नेताले देखाए कर्मचारीको दोष

कार्यक्रममा सत्तारुढ नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा उद्योग व्यवसायका लागि राम्रो वातावरण नरहेको गुनासो पोखे । कर्मचारीको परम्परागत सोचले गर्दा पनि अर्थतन्त्र माथि जान नसकेको बताएका थिए । उनले कर्मचारीको सोच नै सकिँदैन र हुँदैन भन्नेबाट सुरु हुने भएकाले गर्दा समस्या परेको बताए ।

नेपालले आफ्नो भूगोल सुहाउँदो नीति भन्दा पनि विदेशीले बनाइदिएको नीतिमा बढी केन्द्रित भएका कारणले गर्दा अर्थतन्त्रमा समस्या देखिएको पाण्डेको भनाइ छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति यति धेरै भयो भनेर भन्नु राम्रो नभएको उनले बताए । विदेशी मुद्राको सञ्चिति निश्चित महिनालाई पुग्नेमा ख्याल राख्नुपर्ने तर धेरै हुन गएको पैसा कसरी उपयोग गर्ने हो, त्योतर्फ पनि सोच्नु पर्ने पाण्डेको सुझाव छ ।

व्यवसायीको गुनासो सरकार र बैंकसँग


कार्यक्रममा व्यवसायीहरुले देशमा उद्योग व्यवसायको वातावरण नभएको भन्दै सरकार र बैंकहरुको आलोचना गरे ।
वित्त नीतिभन्दा पनि मैद्रिक नीति आउने बेलामा अटो क्षेत्रका व्यवसायीहरु आतिनु पर्ने अवस्था रहेको ओटो मोबाइल एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीले गुनासो पोखे । विदेशी मुद्राको सञ्चिति कम हुँदा ल्याइएको भन्सार नीति विदेशी मुद्रा धेरै हुँदा समेत नफेरिएको उनले बताए ।

त्यस्तै, कोरोनापछि राष्ट्र बैंकले एकैपटक कसिलो नीति ल्याएकाले गर्दा नेपालका व्यवसायीहरु समस्यामा परेको चेम्बर अफ कर्मसका अध्यक्ष कमलेस अग्रवालको गुनासो छ ।

बैंकले कर्जा प्रवाह गर्दा धितोको रुपमा व्यवसायलाई मात्र नमानी सम्पती पनि खोज्ने भएकाले गर्दा सारा व्यवसायी समस्यामा परेको उनको भनाइ थियो । बैंकले कर्जा दिँदा दोब्बर बढीको धितो राख्नुपर्ने परिपाटीको समेत अग्रवालले विरोध गरे ।

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले पनि बैंकहरुले तीनसय प्रतिशतसम्म ग्यारेन्टी लिएर कर्जा दिने क्षेत्र पनि अहिले समस्यामा पर्न थालेको हुँदा उद्योगी व्यवसायीको हालत के भएको होला भन्दै प्रश्न गरे ।

बैंकहरुले व्यवसायीलाई कालोसूचिमा राख्ने परिपाटीको समेत श्रेष्ठले विरोध गरे । आम्दानीकोको ५० प्रतिशत मात्र कर्जा पाइने प्रावधान सबैका लागि लागु नहुने श्रेष्ठको भनाइ थियो । करोडभन्दा बढी कमाउनेले पनि ५० प्रतिशत मात्र ऋण पाउने र एक लाख कमाउनेले पनि ५० प्रतिशत नै ऋण पाउने प्रावधान परिवर्तन गर्नुपर्ने उनको माग छ ।


बैंकिङ क्षेत्रको बेग्लै तर्क

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुले ऋण दिएकाले हाइड्रोपावर लगायतका क्षेत्रहरु सबल भएको बताए थिए । वित्तीय संस्थाले लगानी गरेका कारण शून्यबाट थुप्रै व्यवसायीहरु माथि उठ्न सकेको समेत उनले बताए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जीडीपी र बैंकिङ क्षेत्रको पहुँच एकअर्कासँग अन्तरसम्बन्धित हुने बताउँदै जीडीपी बढ्दा बैंकिङ क्षेत्र पनि फस्टाउने बताए । यो आधारमा हेर्दा नेपालको स्थिति राम्रो रहेको उनको दाबी छ ।
पौडेलले नेपालमा आईटी क्षेत्र सम्भावनाको धेरै ठूलो क्षेत्र भएकाले यसको विकासतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

विज्ञ र नीति निर्माता पनि छैनन् सन्तुष्ट

कार्यक्रममा सहभागी विज्ञहरुले नेपालको अहिलेको अर्थतन्त्र र बैंकिङ नीतिमा सुधारको खाँचो रहेको औंल्याएका छन् ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सहकारीपछि बैंकिङ क्षेत्र जोखिममा पर्न लागेको हो कि भन्दै चिन्ता प्रकट गरे ।

अर्का विद्वान डा. विन्दु लोहनीले बैंकिङ क्षेत्रमा टालटुले सुधारतिर नभई रुपान्तरणकारी योजना र नीति ल्याइनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले सबैजना इमान्दार भएमा सबै अर्थतन्त्र आफैं ठीक ठाउँमा आउने तर्क गरे । उनले अहिलेको समस्या बैंक तथा वित्तीय संस्थाको मात्र नभएर पूरै अर्थतन्त्रमै समस्या रहेको बताए । बैंकहरु पनि चेक बाउन्स र लिलामी जस्ता कुराहरुमा बढी केन्द्रित भएको क्षेत्रीको गुनासो थियो ।

त्यस्तै, नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले ‘मेड इन नेपाल’ जस्ता कुराहरुलाई नीतिगत रुपमा लागू गरिए त्यसले उपलब्धी दिन सक्ने बताए । रेमिट्यान्सले मात्रै देश समृद्ध नहुने उनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव बैरागीले नेपालमा उत्पादन भएको वस्तुलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए । यसका लागि उत्पादनको लागत घटाउनुपर्ने र सरकारले व्यवसायीलाई सुविधा दिनुपर्नेमा उनको जोड छ ।

सरकारले व्यवसायीहरुलाई वातावरण बनाइदिने तर काम भने निजी क्षेत्रले नै गर्नुपर्ने नेपाल सरकारका सचिव मधुकमार मरासिनीले बताए । नेपालजस्तो कम विकसित देशको सरकारले निजी क्षेत्र समस्यामा पर्दा अमेरिकामा जस्तो पुरै सहयोग गर्ने नसक्ने भए पनि व्यावसायिक बतावरण भने बनाइदिएको उनको तर्क छ ।

तर, स्रोत साधनमाथि निश्चित घरानाको मात्र नभएर अन्य तप्काको पनि पहुँच विस्तार हुनुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य–सचिवसमेत रहेका मरासिनीले बताए ।

दरबारमार्गस्थित आईएसएसआरको सभा हलमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेका थिए भने आइएसएसआर एवं खबरहब डटकमका अध्यक्ष नरेश श्रेष्ठले सहजकर्ताको भूमिका निभाएका थिए ।

कार्यक्रमको प्रारम्भमा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले व्यवसायीहरु त्रसित हुनु परिरहेको भन्दै समग्र देशको बैंकिङ नीति र अर्थतन्त्रका बारेमा बहसको खाँचो औंल्याए ।

कार्यक्रमका तस्बिरहरु-

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : ३८ बजे

बागमती प्रदेशसभा बैठक बस्दै 

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम

‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षा कुवरलाई  

काठमाडौं– व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको