गला बसेको छ ? घरमै बसेर यसरी उपचार गर्नुस् « Khabarhub

गला बसेको छ ? घरमै बसेर यसरी उपचार गर्नुस्


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वषेशगरि मौसम परिवर्तन हुँदा गला बस्ने (स्वर बस्नु) समस्याबाट धेरै मानिसहरू पीडित हुन्छन् । गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । यसलाई सामान्य समस्या मानेर मानिसहरू डाक्टरकहाँ जाँदैनन् । तर कहिलेकाहीँ यो समस्याले गम्भीर रूप पनि लिन सक्छ । 

जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु यी कारणहरूले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरूमा स्थिर भएर गला बस्ने वा स्वर भङ्ग गरिदिन्छ । स्वर भङ्ग छ प्रकारको हुन्छ- वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

यस्ता घरेलु उपचार गर्नुहोस् : 
१.  चिसोको कारणले गला बसेको छ भने दालचिनीले फाइदा गर्न सक्छ । एक गिलास तातो पानीमा सानो चम्चाले दालचिनी पाउडर र मरिच हालेर गलगल गर्दा गला खुल्छ ।

२.  घिउ र मह पिउनाले राहत मिल्छ ।

३. तातोपानी र ताताो पिउनाले पनि स्वर बसेकाे ठिक हुन्छ ।

४. देशी घिउ र सखर खान सकिन्छ  ।

५. एन्टिसेप्टिक गुणका कारणले बेसारलाई थुप्रै रोगको रामवाण औषधि मानिन्छ । एक कप तातो पानीमा अलिकति बेसार मिसाएर खाली पेटमा सेवन गर्नुस् ।  

 ‍७. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वर बसेक‍ो ठिक हुन्छ ।

८. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वर बसेको ठिक हुन्छ ।

९. एक गिलास तातो पानीमा एक चिम्टी पिसेको ल्वाङ, मरिच र मह मिसाएर हरेक बिहान यसलाई पिउँदा गलामा आराम हुन्छ । यदि घरेलु उपाय गर्दा पनि केहि कमि भएन भने सम्बन्धित चिकित्सकको सहयोग लिनु पर्छ । -एजेन्सीको सहयोमा

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ४३ बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,