अंग्रेजी वर्ष २०२४ लाई फर्केर हेर्दा देशभर के के भयो ? (तस्बिरहरू) « Khabarhub

अंग्रेजी वर्ष २०२४ लाई फर्केर हेर्दा देशभर के के भयो ? (तस्बिरहरू)


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (जनवरी १) देखि अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२५ सुरु भएको छ ।

नेपालका लागि बितेको एक वर्ष अर्थात् सन् २०२४ अरु वर्ष जस्तै सामान्य रहेन । यो वर्ष नेपाल एकपछि अर्को ठूलो प्राकृतिक विपत्ति र दुर्घटना सामाना गर्नुपर्‍यो ।

सामाजिक, राजनीतिक र आर्थिक कोणमा पनि नेपालले सन् २०२४ लाई तनावबीच बितायो । नेपालका लागि खेलतर्फ विशेषगरी क्रिकेटले कयौँ उपलब्धि दिएर बिदा भएको छ ।

यही वर्ष नेपाली राजनीतिमा सदा प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गरे। जसले गर्दा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता निर्णायक शक्ति ओझेलमा परे । यस वर्ष राजावादी दलहरूका लागि निराशाजनक रह्यो ।

यस वर्ष देशभर ठूला घटनाहरू भए । मध्यवर्ष कटेपछि भदौ-असोजमा आएका बाढी र पहिरो देशका धेरै स्थानहरू तहसनहस बनाइदियो । बाढीले काठमाडौँ उपत्यकामा ठूलो क्षति पुग्यो । देशकै नमूना बीपी राजमार्गको दुई किलोमिटरभन्दा धेरै भाग कामै नलाग्ने गरी रोशीको बाढीले तहसनहस पारिदियो ।

उता चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते रातिको लेदोसहितको पहिरोले दुईवटा बस त्रिशूलीमा मिसाउँदा दर्जनौँले ज्यान गुमाए । ती बस आजपर्यन्त भेटिएका छैनन् । बससँगै बगेका यात्रुको पनि अत्तोपत्तो छैन ।

साउन ९ गते त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा पर्‍यो । काठमाडौंबाट रसुवाको स्याप्रुबेंसीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु यो ।

असोज ११ गते धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा तीनवटा बस पुरिँदा ३६ जना यात्रुले ज्यान गुमाए । अर्कातिर काठमाडौं उपत्यकाभित्रै असोज १२ गतेको बाढीले करिब ५० जनाको ज्यान गयो ।

यही वर्ष राजनीतिक हलचलका क्रममा गत असार ३० गते पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए ।

अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यही वर्ष गृहमन्त्रीका रुपमा देखिए भने हिरासत पनि पुगे । उनी सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन्। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि दुई पटक पक्राउ परेर रिहा भए

यही वर्ष २ निर्वाचन भए । इलाम क्षेत्र नम्बर २ मा गत वैशाख १५ गते उपनिर्वाचन हुँदा एमालेका सुहाङ नेम्वाङ विजयी भए । त्यसैगरी यही मंसिर १६ गते देशका ४२ स्थानमा स्थानीय तहको उपनिर्वाचन भएको छ ।

उपलब्धि

यस वर्ष देशलालाई विश्वसामु चिनाउन धेरै काम भए । पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई ऐतिहासिक पहिलो पदक पलेशा गोवर्द्धनले दिलाइन् ।

कीर्तिमानी एवम् प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा ३०औँ पटक आरोहण गर्न सफल भए ।

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटरमाथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङ्जुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिञ्जी शेर्पाले १८ वर्षको उमेरमा विश्वमाका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाए ।

आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले बिनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए । उनीहरूले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिनाअक्सिजन आरोहण गरिसकेका थिए । उनीहरूले चढेको शिशापाङ्मा १४औं हिमाल हो ।

पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । यही वर्ष नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग क्रिकेट आयोजना गरेर खेल जगतलाई नयाँ उचाइमा पुर्‍याउन ठूलो योगदान दियो ।

यही वर्ष नागढुंगा-नौबीसे सुरुङमार्ग खोलिसकेर यातायात सञ्चालनको तयारी भइरहेको छ ।

लगानी सम्मेलनको एक दृश्य
शिवपुरीमा भएको हेलिकप्टर दुर्घटना

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ३९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित