बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ | Khabarhub Khabarhub

बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ

सरकारले पुँजीगत खर्च नबढाएसम्म अर्थतन्त्रको समाधान हुँदैन




गुरुप्रसाद पौडेल

हाल अर्थतन्त्रमा देखिएका समस्याहरू बैंकिङ समस्या मात्रै होइनन्, सम्पूर्ण अर्थतन्त्रको संरचनात्मक समस्या हो । हामीले यसलाई समग्रतामै सोच्नुपर्छ । यहाँ अर्थतन्त्रमा बैंकिङ जगतको योगदान के हो भनेर प्रश्न गरियो । नेपालको अर्थतन्त्रमा बैंकिङ प्रणालीले थुप्रै रूपान्तरण गरेको छ ।

 नेपाल राष्ट्र बैंकको पहलमा वित्तीय प्रणालीको विकाससँगै बस्तु विनिमय प्रणाली (बार्टर सिस्टम) बाट अर्थतन्त्र मौद्रिकृत बनेको छ, त्यो रूपान्तरण हो । मौद्रिकृत अर्थतन्त्र (मनिटाइज्ड इकोनोमि) बाट हामीले बैंक तथा वित्तीय संस्थाका शाखाहरू खोलेर अर्थतन्त्रलाई  फाइनान्सिलाइजेसन गर्यौं, त्यो रूपान्तरण हो । अहिले   फाइनान्सिलाइजेसनबाट अर्थतन्त्र डिजिटाइजेसनतर्फ गइराखेको छ, यो बैंकिङ जगतले गरेको देखिने रूपान्तरण हो ।  

नेपालको जीडीपीको आकार २०४० सालसम्म करिब ४० अर्बकै हाराहारीमा थियो । आज हामी ५७ सय अर्ब बराबरको जीडीपीको विषयमा कुरा गरिरहेका छौँ । २०४०.४१ मा निजी क्षेत्र तथा विदेशी संयुक्त पुँजी लगानीमा बैंक तथा वित्तीय संस्थाहरू खुल्न सुरु गरे, त्यतिबेला जिडिपीको अनुपातमा निजी क्षेत्रमा गएको कर्जा जम्मा ८ प्रतिशतको हाराहारीमा थियो ।

 वित्तीय क्षेत्रमा निजी क्षेत्रको प्रवेश पछि नेपालमा वित्तीय पहुँचको वृद्धि हुँदा यसले जीडीपीको आकार वृद्धि गर्नमा सहयोग गर्‍यो । जीडीपीको आकार वृद्धि हुँदा निजी क्षेत्रको विस्तार हुन सहयोग पुर्‍यायो । निजी क्षेत्र र वित्तीय क्षेत्रलाई अलग्याएर हेर्ने सकिँदैन । 

पछिल्लो समयमा आएर कर्जा प्रवाहमा हामी किन ‘सेलेक्टिभ’ हुनुप¥यो भन्ने प्रश्न गहन छ । 

अहिले जिडिपीको अनुपातमा निजी क्षेत्रमा गएको कर्जा  करिब ९२ प्रतिशतको हाराहारीमा पुगेको छ । यो अनुपात दक्षिण एशियाका भारत, पाकिस्तान, श्रीलंका लगायतका राष्ट्रहरू र अन्य धेरै देशको तुलनामा उच्च हो, निकै उच्च हो । अव कर्जा विगत जस्तो २५।३० प्रतिशतले वृद्धि हुन सक्दैन । 

त्यसैले कर्जालाई उत्पादन क्षेत्रमा जोड्नु परेको छ । वित्तीय स्रोत जहिले पनि सीमित हुन्छ । सीमित रहेको साधन र स्रोतलाई हाम्रा आवश्यकताहरू पूरा गर्ने सिलसिलामा ‘सेलेक्टिभ’ बन्नै पर्छ । त्यसैले राष्ट्र बैंकले कतिपय क्षेत्रमा निर्देशित कर्जा (डाइरेक्टेड लेन्डिङ) कार्यक्रम ल्याएको छ । अहिले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १५ प्रतिशत, ऊर्जा क्षेत्रमा १० प्रतिशत र साना तथा मझौला क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्छ भनेका छौँ । 

अब प्रश्न आउन सक्छ, यसो किन गरियो होला ? नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गर्ने कृषि क्षेत्र लाई के १५ प्रतिशत बैंक कर्जा आवश्यक पर्दैन ? के कृषि क्षेत्रले १५ प्रतिशत बैंक कर्जा डिर्जभ गर्दैन ? अवश्य गर्छ । त्यसैले हामीले यो १५ प्रतिशतको निर्देशन गर्‍यौ । त्यस्तै नेपालको अर्थतन्त्रको विकासका लागि ऊर्जा क्षेत्रको विकास नगरीकन सम्भव छैन । 

सोही कारण हामीले बैंक तथा वित्तीय क्षेत्रलाई लगानीको १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्न निर्देशन गर्‍यौ । अनि नेपालको अर्थतन्त्रमा सबै भन्दा बढि रोजगारी प्रदान गर्ने, उत्पादनमा ठुलो भरथेग गर्ने साना तथा मझौला क्षेत्र (एमएसएमइ) लाई १५ प्रतिशत बैंक कर्जा उपलब्ध गराउन निर्देशन गर्‍यौ । यी त भए, नीतिका कुरा । नीतिले मात्रै केही गर्दैन जबसम्म ती नीतिहरूको कार्यान्वयन जिम्मेवार ढंगले गरिँदैन । नीतिहरूको कार्यान्वयनमा सरकारी र निजी दुवै क्षेत्र मिलेर जानुपर्ने हुन्छ ।

बैंकिङ कर्जाको जिम्मेवार प्रयोग हुनुपर्ने अर्को  गहन विषय हो, करिब साढे ५ करोड भन्दा बढी बैंक खाता खोलेर जम्मा गरेको करिब ६६ सय अर्ब पैसा करिब १८.१९ लाखले बैंक कर्जाको रूपमा प्रयोग गरिरहनु भएको छ । निक्षेप परिचालन गर्नेको तुलनामा कर्जा प्रयोग गर्नेहरू अत्यन्त न्यून छन् । यदि कर्जा प्रयोग गर्नेहरूले त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दिनुभएन वा सो विषयमा सोच्दिनुभएन भने समस्या पर्न सक्छ । त्यसैले कर्जाको उत्पादनशीलतालाई हेर्नुपर्छ भन्नेतर्फ नेपाल राष्ट्र बैंकका नीतिहरू लक्षित भएका छन् ।

अब लागौँ अर्थतन्त्रमा देखिएको सुस्तताका सम्बन्धमा । अहिले अर्थतन्त्रमा कूल माग (एग्रिगेट डिमाण्ड) घटिरहेको छ । माग बढाउन आवश्यक छ । संसारको कुनै पनि देशले पुँजीगत खर्चको विकास नगरीकन माग बढाएको उदाहरण छैन र यो सम्भव पनि छैन । हामीले पुँजीगत खर्च कति र कसरी गरिरहेका छौँ भन्ने विषयमा त मैले भनिरहन नपर्ला, छर्लङ्गै छ ।

सन् १९३० ताकाको आर्थिक महामन्दी चिर्नका लागि तत्कालीन अमेरिकी राष्ट्रपति फ्रैक्लिन डी. रुजवेल्टले जुन सुधार प्याकेज ल्याए, त्यसलाई फस्ट न्यू डिल भनियो । उक्त न्यू डिल प्याकेजमा सुधार, राहत र पुनर्निर्माणलाई मुख्य साध्य मानिएको थियो । जनताको लागि आयआर्जन र रोजगारी वृद्धिमा प्रमुख ध्यान दिइएको थियो । अहिले  हामीले भोगेको यो मन्दीकै अवस्था भने हैन ।

प्राविधिक भाषामा यो सुस्तता (इकोनमिक स्लोडाउन) हो । सुस्ततालाई चिर्नका लागि पुँजीगत खर्च आवश्यक छ । अहिले बैंकिङ क्षेत्रका सकारात्मक सूचकहरूः ब्याजदर घटेर लगभग एकल अंकमा आइपुगेको छ, बैंक तथा वित्तीय संस्थामा करिब ७ सय अर्बको हाराहारीमा कर्जा प्रवाह गर्न सक्ने अवस्था छ, बैंकहरू उपयुक्त सिडि रेसियोमा छन् ।

यो कर्जा प्रवाह हुन सक्ने उपयुक्त बेला हो तर, यस्तोबेलामा हामीले माग किन बढाउन सकिरहेका छैनौं ? किन निजी क्षेत्र राम्रो योजना लिएर बैंकसँग कर्जाका लागि जान सकिरहेको छैन ?  के यो पब्लिक कन्फिडेन्स नभएको अवस्था हो रु यसलाई बढाउनको लागि कसले के गर्नुपर्ने हो ? राज्यको तर्फबाट गर्नुपर्ने के हो रु राजनीतिज्ञको तर्फबाट गर्नुपर्ने के हो रु र, वित्तीय क्षेत्रको तर्फबाट गर्नुपर्ने के हो रु यी विषयमा गहन छलफल हुनुपर्छ । 

अर्को विषय, अब भौतिक पूर्वाधारलाई मात्रै अर्थतन्त्र रूपान्तरणको मुख्य ड्राइभर बनाउन सकिन्छ जस्तो मलाई लाग्दैन । भौतिक पूर्वाधारसँगै अब हामीले डिजिटल पब्लिक पूर्वाधारमा विकास गर्न आवश्यक छ । अहिले हामीले पारदर्शितालाई विस्तार गर्न नसकेको पनि हाम्रो अर्थतन्त्र  डिजिटाइज्ड नभएरै हो । डिजिटलाइजेसनले पारदर्शिता ल्याउने विषय अभ्यासहरूले प्रमाणित भएको विषय हो । त्यसका लागि सबैभन्दा पहिला बायोमेट्रिक राष्ट्रिय परिचयपत्रलाई राज्यका विभिन्न क्षेत्रमा अवलम्बन गर्न आवश्यक छ ।

उदाहरणका रूपमा हेर्दा भारतले साविकको रासन कार्ड सिस्टमलाई आधार कार्डमा प्रतिस्थापन गर्दा २ करोड ९५ लाख रासन कार्डहरू फर्जी भेटिएका थिए । त्यसबाट राज्यले प्रत्येक वर्ष १७ हजार करोड भारतीय रुपैयाँ बराबरको क्षति भइरहेको चर्चामा आएकै हो । हामीले राष्ट्रिय परिचयपत्रलाई किन लागू गर्न सकेनौं ? २०६७.६८ बाट सुरु गरेको बायोमेट्रिक आइडीलाई एउटा समय दिएर अगाडि जान सक्ने विषयमा किन हुन सकेको छैन ? कतै हामीपनि भारतको रासन कार्ड सिस्टमममा जस्तै चुर्लुम्म डुबेका छौँ कि ? 

डिजिटलाइजेसन र कम्प्युटर सेवा यतिमा मात्र सीमित छैन । यसले हाम्रो निर्यातमा निकै ठुलो भरथेग गर्ने वाला छ । यसले अहिले हामीले गरिरहेको वस्तु निर्यातलाई उछिन्ने देखिन्छ । आइआईडिएसले गरेको एउटा अध्ययनमा नेपालमा बस्ने युवाहरूले तयार गरेका कम्प्युटर सफ्टवेयरहरू बिक्री गरेर सन् २०२२ मा ५१५ मिलियन डलर बराबरको आम्दानी गरे । त्यो त्यति बेलाको मूल्यको करिब ७० अर्ब रुपैयाँ हाराहारीमा हो ।

एकातिर सरकारले यतिठूलो संस्थागत संरचना निर्माण गरेर, विभिन्न सहुलियत दिएर, यति धेरै कर्मचारीलाई लगाएर वस्तु निर्यात गर्दा हामी कहिल्यै पनि २ सय अर्बभन्दा बढी गर्न सकेनौँ । राज्यले कुनै ठूलो लगानी नगरीकन युवाहरू आफैँले ‘सेल्फ मोटिभेटेड’ भएर घरमै बसेर एउटा ल्यापटपबाट गरेको एक्सपोर्ट एक वर्षमा ७० अर्बको हाराहारीमा भयो ।

अव प्रश्न उठ्छ, राज्यले ध्यान दिनुपर्ने वस्तु उत्पादन कि सेवा उत्पादन ? राज्यले भौतिक पूर्वाधार मात्रै भन्ने कि डिजिटल पूर्वाधारलाइ पनि ध्यान दिने ? हामीले समस्याहरूको विषयमा धेरै छलफल गर्‍यौ । निजी क्षेत्रको मनोबल बढाउन केही काम गरिहाल्नु पर्ने छ । अहिले १ लाख १५ हजार जनाले सहुलियतपूर्ण कृषि कर्जा लिएका छन्, त्यसको डेढ–दुई वर्षदेखि ब्याज अनुदान भुक्तानी हुन सकेको छैन । 

त्यस्तै, राज्यले निर्यातमा अनुदान दिने भन्यो, त्यसको २ अर्ब भन्दा बढी इन्टेन्सिभ भुक्तानी हुन बाँकी छ । त्यसैले तत्काल । निजी क्षेत्रको मनोबल उठाउन यस्ता दायित्वहरूको भुक्तानी हुन जरुरी छ । र दीर्घकालीन रूपमा सुस्तता चिर्नका लागि पुँजीगत खर्च नगरीकन सम्भव नै छैन । सरकारले १ रुपैयाँ खर्च गर्नु भनेको निजी क्षेत्रले ३ रुपैयाँ बराबर खर्च गर्न बाटो खोल्नु हो । निजी क्षेत्रले गर्ने खर्चको लागि सस्तो ब्याजदर, साधनको उपलब्धता वित्तीय प्रणालीबाट हुने वातावरण अहिले बनेको छ । 

(पौडेल नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख हुन् । यो सामग्री खबरहब डटकम र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा मंगलबार सम्पन्न ‘बैंकिङ क्षेत्रका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वन्यायाधीश श्रेष्ठले उठाएका प्रश्नहरूका आधारमा तयार पारिएको हो

यो पनि-

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ४५ बजे

लेखराजको नगरका ४६ संगठित सदस्यले छाडे एमाले

काठमाडौं– नेकपा (एमाले)का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकाको

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच

इजरायलका ३४ बन्दी रिहा गर्न हमास तयार

गाजा – हमास विद्रोही इजरायलका ३४ बन्दी रिहा गर्न सहमत

यस पटक भएन सामूहिक छलफल, हरेक केन्द्रीय सदस्यले तीन मिनेट बोल्दै

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय

माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यहरू बोल्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैटौँ