ओलीलाई कटाक्षसहित रावलको कविता : सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ? « Khabarhub

ओलीलाई कटाक्षसहित रावलको कविता : सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेबाट निष्कासित भएपछि नयाँ राजनीतिक दलको तयारीमा रहेका नेता डा. भीमबहादुर रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् ।

गत पुस ११ गतेको सचिवालय बैठकबाट एमालेले निष्कासित गरेपछि बुधबार बबरमहलमा पत्रकार सम्मेलन गर्दै उनले खास गरी अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन् ।

उनले पत्रकार सम्मेलनका क्रममा आफू १० औँ महाधिवेशनमा अध्यक्षमा उठेकै कारण एमालेबाट पाखा लगाइएको निष्कर्ष सुनाए ।

सयौँ पत्रकार र शुभचिन्तकसँग आफ्ना कुरा राख्नुअघि रावलले एउटा कविता सुनाए । ‘लुब्ध नाइके’ शीर्षकको उक्त कविता सुनाएपछि उनले भाषण सुरु गरे।

उनले कविता सुनाउँदा उनका समर्थक र शुभचिन्तकले हुटिङसमेत गरेका थिए। उनले कविताका हरफ सुरु गर्दै भनेका थिए, ‘सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि ?’
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि !’

कविता : लुब्ध नाइके

सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि
गन्तव्य सोधे लाठो नै लाउने के झोक जाग्यो नि,
तथ्य र सत्य घोच्दछ तिमीलाई के भयो भनन
के दियौ देशलाई घरिना हुँदा प्रश्न त सुनन ।
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ,
रात-दिन केवल सत्ताको हिसाव लुब्ध भई गन्दछौ !
चामल र ढुंगा उस्तै हो भन्छौँ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा ?
भनन भन तृप्ति तिमीलाई कहिले हुने हो ?
भ्रष्ट आचार, बेलगाम कृत्य असह्य हुने भो,
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?
पाखण्डतन्त्र, अवसरतन्त्र अब त धेरै भो !
यहाँ मातृभूमि चित्कार गर्छिन् अट्टहास गर्दछौ
स्वाधीनता, गौरव जोगाउनु पर्दा लुसुक्क पर्दछौ,
नठान यहाँ स्वाभीमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्पै खानेछ ।

पुस १७, २०८१, काठमाडौं ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : ३२ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले