कन्दरा ब्याण्डको गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक « Khabarhub

कन्दरा ब्याण्डको गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर नयाँ गीत ‘हुनेछ : सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । यो म्युजिक भिडियो प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर यो गीत तयार पारिएको कन्दरा ब्यान्डले बताएको छ ।

गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरे । कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, ‘साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।’

गायक श्रेष्ठले यो गीतले नेपालीहरूमाझ सकारात्मक जगाउने आशा व्यक्त गरे । उनले भने, ‘यो गीत आशाको किरण हो, जसले हरेक नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिनेछ भन्ने आशा गरेका छौं ।’

‘हुनेछ: द सङ्ग अफ होप’मा शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् ।

कन्दरा ब्याण्डले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको अवसरमा विश्व भ्रमणको योजना बनाएको छ ।

प्रधानमन्त्री ओलीले गायक विवेकलाई यस गीतका लागि धन्यवाद दिँदै सन् २०२५ बाट प्रारम्भ गर्न थालेको ‘कन्दरा विश्वभ्रमण’को पनि शुभकामना दिए ।

हेर्नुहोस् भिडियो :https://www.youtube.com/watch?v=vrVQA4BMnvA

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : ०४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने