वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उप–महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौँ नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारी विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये थापा र आलेले अमेरिका पठाइदिने भन्दै अमेरिका पठाइदिने भन्दै रू ५९ लाख २५ हजार तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट रू चार लाख र दुलालले युएई पठाइ दिने भन्दै एकजनाबाट रू तीन लाख ५५ हजार रकम लिई सम्पर्कविहीन भएको पीडितहरूको आरोप रहेको प्रहरीले जनाएको छ ।

क्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ८ : ४९ बजे

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित

 करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर– झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र