आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

त्रिदेशीय महिला टी-२०

आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सुरु भएको प्रतिस्पर्धाको तेस्रो खेलमा नेपाल र थाइल्याण्ड भिड्न लागेका हुन्। यसअघि उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने थाइल्याण्डले नेदरल्याण्डलाई आठ विकेटले हराएको छ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको हो। पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : ३८ बजे

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् ।

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर–  बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको