आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

त्रिदेशीय महिला टी-२०

आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सुरु भएको प्रतिस्पर्धाको तेस्रो खेलमा नेपाल र थाइल्याण्ड भिड्न लागेका हुन्। यसअघि उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने थाइल्याण्डले नेदरल्याण्डलाई आठ विकेटले हराएको छ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको हो। पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : ३८ बजे

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

काठमाठौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं