बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने « Khabarhub

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गर्ने र सोही दिन शपथ लिने तयारी छ । पद छाड्न केही दिन मात्र बाँकी रहँदा कार्कीले नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जान छाडेकी छन् ।

कार्यालय स्रोतका अनुसार उनले अब नआउने भन्दै अनौपचारिक रूपमा बिदा लिएकी छिन् । कार्यालयका एक उपसचिवका अनुसार कर्मचारीहरूले औपचारिक बिदाइको प्रस्ताव गरे पनि कार्कीले त्यसलाई अस्वीकार गर्दै साधारण रूपमा बाहिरिन चाहेको बताएकी थिइन् ।

त्यसपछि उनी सिंहदरबारस्थित कार्यालय गएकी छैनन् । उनका व्यक्तिगत सामान पनि सचिवालयका कर्मचारीहरूले उठाइसकेका छन् ।

यता, बालुवाटारस्थित सरकारी निवासबाट उनको परिवारले सबैजसो सामान टोखास्थित निजी घरमा सारिसकेको छ । त्यहाँ सुरक्षाकर्मी राख्न आवश्यक संरचना तयार गर्ने काम केही दिनदेखि भइरहेको थियो ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की अब पूर्वप्रधानमन्त्रीको हैसियतमा रहने भएकाले उनको निवासमा सुरक्षा व्यवस्था थप कडा पारिनेछ । सचिवालय स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीको शपथपछि कार्की सिधै टोखास्थित निजी निवासतर्फ जाने तयारीमा छिन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : २५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच