सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण निषेध « Khabarhub

सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण निषेध


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकाले  सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण निषेध गरेको छ ।

नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।

नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सुर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चन्द्रागिरि नगरपालिकामा रहेका शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय लगायतका सार्वजनिक स्थलमा धुमपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ति, खैनी गुट्खा, सुर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थलाई निषेध गर्न सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था गरेको छ । उपरोक्त कानूनी व्यवस्था हुँदाहुँदै हालसम्म चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र मदिरा, सुर्तिजन्य पदार्थहरू बिक्री बितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकाले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गइ शहरको सुन्दरतामा समेत प्रतिकूल प्रभाव परेको छ ।’

विज्ञप्तिमा सुर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका जस्तै खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तिजन्य पदार्थहरू र सार्वजनिक स्थानमा धुमपानलाई यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरि चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

विज्ञप्तिमा कसैले सूचनाको अवज्ञा गरी बिक्री बितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी व्यवसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने जनाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : ४९ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले