एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त | Khabarhub Khabarhub

एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडक अन्तर्गत तनहुँको दुलेगौँडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगाैँडा देखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगाैँडा –हर्कपुर सडक १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो । विसं २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटकपटक म्याद थप गरिएको छ ।

आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा दश किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नहुँदा स्थानीयवासीले चुनावको बेला मात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् । स्थानीय एवं दुलेगौँडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताए ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रूपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : ४१ बजे

भुइँमान्छेको योगदान बिर्सेका छैनौँ : प्रदीप ज्ञवाली

 काठमाडौं– नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ

पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले सरकारलाई जवाफदेहिता र निष्ठा प्रवर्धन

युद्धको त्रासदिमा बाँचेका कश्मीरबासीको चिन्ता- आकाश कहिलेसम्म शान्त रहला ?

काठमाडौं – मोहम्मद इकबाल एक पावर प्लान्टमा रात्रिकालीन काम गरिरहेका

टुकुचामा फसेकै हुन् त बालेन्द्र ?

काठमाडौँ– नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना पार्टीलाई आश्चर्यचकित बनाउँदै