देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे « Khabarhub

देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन् । 

आज बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए।

वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताए। 

पृथक् प्रसङ्गमा उनले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताए। 

बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले  बताए।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १२ : १७ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९