कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार | Khabarhub Khabarhub

कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार गरेको छ । 

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा शनिबार १० जना सदस्यहरू मनोनीत गरेका हुन् ।  

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभिन्न जिल्ला १० जनालाई विभागको सदस्यमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

विभागमा काठमाडौंका राजकुमार पाण्डे र श्यामकृष्ण महर्जन, जाजरकोटमा ज्ञानबहादुर शाही, डडेल्धुराका देवकीदेवी सिंह, भक्तपुरका कल्पना श्रेष्ठ, रुकुम पूर्वका सरिता बि.सी. र मोरङका विजयजंग बस्नेतलाई सदस्यमा मनोनीत गरिएको उनले बताए । 

यस्तै नवरपरासीका प्रेमबहादुर विक, गोरखाका सञ्जीव पुडासैनी र रौतहटका सपुतबहादुर कार्कीलाई पनि केन्द्रीय सदस्य वड नेतृत्वको विभागमा सदस्य बनाइएको मुख्य सचिव पौडेलले बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १२ : ३२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस