महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग « Khabarhub

महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छन् ।

क्षयरोग पुष्टि भई उपचारका क्रममा औषधि सेवन गरिरहेकालाई पोषणयुक्त खाद्य सहयोग प्रदान गरिएको हो । यस्तो सहयोग विपन्न, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र बेरोजगारलाई प्रदान हुँदै आएको छ ,।  

गौशाला, रामगोपालपुर, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकामा यो कार्यक्रम कार्यान्वयन भएको छ । यो वर्ष ८०  जना कार्यक्रममा समेटिएका छन् । लाभग्राहीलाई छ पटकसम्म पोषक तत्त्व प्रदान गरिन्छ । 

क्षयरोगीले औषधी खानअघि खानुपर्ने पोषणयुक्त खानेकुराको अभाव हुन नदिनु कार्यक्रमको उद्देश्य हो ।

रामगोपालपुर नगरपालिकाका अनुसार पोषण सामग्रीमा चामल २५ किलोग्राम  दाल एक किलो, तोरीको तेल एक लिटर, चना एक किलो ५०० ग्राम, गहुँको पिठो एक किलो र मांसाहारीलाई एक क्यारेट अण्डा तथा शाकाहारी भए एक किलो सोयाबिन समावेश गरिएको छ । 

रोगी आश्रित पाँच वर्ष मुनिका बालबालिका भए थप दुई किलो सर्वोत्तम पिठो पनि प्रदान गरिन्छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : ०३ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी