लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा « Khabarhub

लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम्‌ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका माध्यमबाट लोकतान्त्रिक समाजवाद संस्थागत हुनेमा विश्वस्त भएर सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याएको बताएका छन् ।

कांग्रेसको सहकारी विभागले शनिबार सानेपामा आयोजना गरेको ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एक दिवसीय विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले पुस १४ गते ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका थिए ।

सरकारले गत पुस ९ मा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।

सोही अध्यादेशबारे सभापति देउवाले शनिबार भने, ‘सरकारले समयानुकूल सहकारीमैत्री ऐन नियमहरू व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस गरी नयाँ अध्यादेश ल्याएको हो ।’

उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि बताए ।

देउवाले सहकारी क्षेत्रमा देखा परेको विकृति अन्त्य गरेर सर्वमान्य आदर्श, मूल्य, मान्यता र सिद्धान्तअनुसार सहकारी संस्थाहरू सञ्चालन हुनुपर्नेमा कांग्रेस प्रतिबद्ध रहेको पनि बताए ।

‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विकृति, विसंगतिको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास विस्तारका लागि सबै सहकारी संघसंस्थाहरू सहकारीको सर्वमान्य आदर्श, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध छ’, देउवाले भने ।

अत्यन्त दुःख–कष्ट र मिहिनेत गरेर सहकारी संस्थामा रकम जम्मा गरेका लाखौं बचतकर्ताहरू पीडित भएका पनि बताए ।

‘उनीहरूको रहम सहकारी संस्थाहरूले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा बचतकर्ताको रकमको सुरक्षाको ग्यारेन्टी गर्नुपर्दछ,’ सभापति देउवाले भने, ‘आजको आवश्यकता पनि त्यही हो ।’

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : २३ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश