जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत « Khabarhub

जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मन संसदले अति दक्षिणपन्थी एएफडीले समर्थन गरेको आप्रवासी विधेयक अस्वीकार गरेको छ ।

जर्मनीको संसदले अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थनमा विपक्षी रूढीवादीहरूले प्रस्ताव गरेको आप्रवासीलाई प्रतिबन्ध लगाउने विधेयकलाई अस्वीकार गरेको हो ।

जुन प्रस्ताव अस्वीकृत भएको छ, त्यो आधुनिक जर्मन इतिहासमा पहिलो पटक कानून पारित हुने सम्भावनालाई बेवास्ता गरेको छ ।

शुक्रबार, मूलधारका दलहरू बीचको सम्झौतामा लामो र असफल वार्ता भए पनि ढिलाइ गरी भएको असामान्य रूपमा चर्को बहस पछि सो विधेयकलाई ३३८–३५० मतले अस्वीकृत गरिएको हो । जुन मतदानमा पाँच जना सांसद अनुपस्थित थिए।

गत वर्ष चान्सलर ओलाफ स्कोल्जको गठबन्धनको पतन पछि जर्मनीले फेब्रुअरी २३ मा चुनाव गर्ने तयारी गरिरहेको बेला यो मतदान भएको हो । विपक्षी नेता फ्रेडरिक मेर्जले आफ्नो अभियानको केन्द्रबिन्दुमा आप्रवासनमा थप प्रतिबन्धात्मक दृष्टिकोणको माग राखेका छन् । गत हप्ता अस्वीकृत शरणार्थीले चक्कु आक्रमण गरेपछि उनी थप आक्रामक भएका थिए ।

बुधवार उनको क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोशल युनियन इन बाभेरियाका दक्षिणपन्थी नेताहरूले एएफडीको समर्थनमा अध्यागमनमा कडाइ गर्नु पर्ने  आह्वान गर्दै गैर बाध्यकारी प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : २७ बजे

आजको मौसम पूर्वानुमान: तराईमा हुस्सुको समस्या अझै कायम

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ