माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड « Khabarhub

माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)को पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । 

माओवादी केन्द्र चितवनले शनिबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् । 

अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा यसले पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको दाबी गरे । 

आफूले १८ महिना सरकारमा रहेर थालनी गरेको नयाँ अभियानबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रस्ट रूपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रूपान्तरणको थालनी गरिएको बताए ।  

अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरूको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउनेमात्रै नभएर मुलुकको अग्रगामी रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए । 

उनले नेकपा ९एकीकृत समाजवादी०सँग समाजवादी मोर्चा र विपक्षी मोर्चामा रहेर सहकार्य भइरहेको उल्लेख गर्दै पार्टी प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताए । प्रचण्डको सचिवालयले चितवनमा एकीकृत समाजवादीका नेतासहित सयौँ कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : ३१ बजे

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर