‘पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने छ’ « Khabarhub

‘पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने छ’


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गलकोट– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन् ।

बागलुङ बजारमा इला होटेल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे। साथै उनले सार्वजनिक निजी क्षेत्र साझेदारीबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। 

मन्त्री पाण्डेले लगानीको वातावरण  सरकार लागिपरेको उल्लेख गर्दै अधिकभन्दा अधिक पर्यटक भित्र्याउन पर्याप्त भौतिक पूर्वाधार आवश्यक भएको बताए । पर्यटकीय पूर्वाधार निर्माणका निम्ति सरकारले निजी क्षेत्रलाई सहयोग गरिरहेको बताए। 

नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमा लगानी प्रोत्साहन तथा रोजगारी सृजनालाई प्राथमिकता दिएर आफू त्यसमा निरन्तर लागिरहेको बताए ।

 आइएमई ग्रुपका अध्यक्षसमेत रहेका उनले पर्यटन र जलविद्युत् क्षेत्रमा हुने लगानीले राष्ट्रलाई समृद्धिको मार्गमा उन्मुख गराउने बताए। अध्यक्ष ढकालको रु ३० करोडको लगानीमा उक्त पूर्वाधार निर्माण भएको हो । 

त्यस अवसरमा सांसदहरू दीपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेललगायत वक्ताले बागलुङ बजारमा निर्मित सुविधा सम्पन्न पूर्वाधारका माध्यमबाट स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्न सहज हुने बताए। 

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : ५८ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय