सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ ः मन्त्री यादव « Khabarhub

सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ ः मन्त्री यादव


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी, सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि अहिले लाग्दै आएको कर खारेज गरिने बताएका छन् । 

चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण तथा सहयोगी सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । 

मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि अहिले लाग्दै आएको करले अनावश्यक आर्थिक भार सिर्जना गरिरहेको भन्दै नीति निर्माण तहमा विशेष पहल गरेर कर खारेज गर्ने प्रतिबद्धता जनाए । 

‘देशभरका ४२ हजार उपभोक्ता समितिलाई कसरी राम्रो गर्ने भनेर मन्त्रालय लागि परेको छ । हामीले माघ १० गते नियमावली राजपत्रमा प्रकाशित गरेका छौँ,’ यादवले भने, ‘उक्त नियमावलीले उपभोक्ता समितिलाई फाइदा पुग्ने छ । खानेपानीमा लाग्दै आएको कर खारेज गर्नेछु ।’

कार्यक्रममा मन्त्री यादवले आमनेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताए। 

‘खानेपानी र सरसफाइ हाम्रो प्राथमिक आवश्यकता हो,’ उनले भने, ‘नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो ।’

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  २ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा