‘राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु’  « Khabarhub

‘राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु’ 


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिमा विभिन्न चरित्रहरू देखा परेको भन्दै सही–गलत छुट्याउन आग्रह गरेका छन् ।

काठमाडौं–१ मा रहेको विश्व निकेतन मावि ७९ औँ वार्षिक साधारणसभा समारोह सम्बोधनका क्रममा उनले विदेशमा बदमासी गरेका र चटेक प्रवृत्तिका राजनीतिमा देखिएको भन्दै सही र गलत नागरिकले छुट्याउन सक्नुपर्ने बताए । 

‘लहलहैमा लाग्यौँ भने कहाँ पुगिन्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । जनप्रतिनिधि ठीक भए मात्रै प्राप्त उपलब्धिको रक्षा गर्दै विकासको काम अघि बढ्न सक्छ, सिंहले भने, ‘यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलो–ठूलो काण्ड गरेर नेपाल फर्किएर ठूलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन् ।’ 

समाज परिवर्तनका लागि सबैभन्दा उपयुक्त माध्यम राजनीति भएकाले आफूहरूले समाज सेवाका रूपमा राजनीतिलाई लिएको भन्दै सिंहले राजनीतिमा लाग्ने सबै खराब छन् भन्ने भाष्य गलत भएको बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ३ : ४७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा