माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु « Khabarhub

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ । 

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । 

चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन् । 

विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : १४ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी