कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे « Khabarhub

कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिएका छन् । 

प्रधानता मिडियाद्वारा शनिबार आयोजित ‘नेपालको भू–राजनीतिः अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिका लागि कूटनीतिक पहल’ विषयक कार्यक्रममा उनले परराष्ट्रनीति अपरिवर्तनीय हुने भएकाले सत्ता र शासन फेरिँदैमा नडगमगाउने धारणा राखे ।

पूर्वमन्त्री पाण्डेले भने, ‘देशको परराष्ट्र नीति परिवर्तन हुँदैन तर कार्यान्वयन गर्ने क्रममा विधि र प्रक्रिया भने परिवर्तन हुन सक्छ । कूटनीतिमा अनुभव र सीप चाहिन्छ, त्यो नै महत्त्वपूर्ण विषय हो ।’

पछिल्ला वर्षमा कूटनीतिमा संस्थागत स्मरण शक्ति कमजोर भएको आरोप लगाउँदै उनले परराष्ट्र नीति देशको हुने भएकाले हाम्रो सामर्थ्यलाई बढाएर लैजानुपर्ने खाँचो औँल्याए । 

पूर्वसञ्चारमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘पहिचान भनेको इतिहास, धर्म, संस्कृति र सोच हो, ती जोगाउनुपर्ने विषय हुन् ।’

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : १० बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित