कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर « Khabarhub

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युतराज कलौनीका बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको आशंका गरेका छन् । 

गृहमन्त्री रमेश लेखकसँग शनिबार महेन्द्रनगरमा भएको भेटमा कलौनीले छोरा अच्युतको हत्या गरेको हुन सक्ने आशंका गरेका हुन् । 

‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ,’ कलौनीले गृहमन्त्री लेखकसँग भने, ‘नाम तोक्ने त कसको तोक्ने । राती ३ बजे हिँडेर आएको छ, कसैले, गर्ने (घटना) मान्छेले बोलाएको हो कि ?’  

कांग्रेसका नगर सभापति अच्युत शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिकै सडक पेटीमा मृत अवस्थामा फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । 

गृहमन्त्री लेखकसँगको कुराकानीमा कलौनीले आफ्नो छोराको शव फेला परेको स्थानमा रहेका घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने पनि बताए । 

अच्युत शनिबार बिहान फेला परेको स्थानमा शीत भए पनि छोराको शरीरमा शीत परेको नदेखिएको पनि कलौनीले गृहमन्त्री लेखकसँग दुःखेसो गरेका छन् । छोराले प्रयोग गर्ने मोबाइल फोन नभेटिनुले पनि थप आशंका उत्पन्न गरेको उनको भनाइ छ ।  

यसैबीच गृहमन्त्री लेखकले कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीसँग घटनाका बारेमा जानकारी लिएका छन् । गृहमन्त्री लेखकसँगै रहेका कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले भने, ‘गृहमन्त्रीज्यूले एसपी–डीएसपीसँग घटनाबारे जानकारी लिनुभयो । घटनालाई सबै कोणबाट अनुसन्धान गर्न भन्नुभयो ।’

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : २१ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह