‘आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ’ « Khabarhub

‘आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ’


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।

कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उनले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको बताए। 

‘अहिले आम मानिसमा निराशा छाएको छ । यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ । जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ । कांग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो’, महामन्त्री शर्माले भने। 

उनले मेचीदेखि महाकालीसम्मको विकास, समृद्घि र समुन्नतिका लागि काम गर्न सके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे। 

केन्द्रीय सदस्य मधु आचार्यले चितवनमा रहँदा आफूले सकारात्मक ऊर्जा पाएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी पार्टीले जित्ने अवस्था बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए। पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले एक्लै चुनाव लड्न कांग्रेसले संगठन निर्माणमा जोड दिन आवश्यक रहेको बताए। उनले देश विकासका लागि पार्टी नेतृत्वमा भएका उपलब्धिको प्रचारप्रसार गर्दै अगाडि बढ्न आग्रह गरे। 

पार्टीका चितवन सभापति राजेश्वर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वव उमा रेग्मी, टेकप्रसाद गुरुङ, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, कांग्रेस काठमाडौँका सभापति सुबजकृष्ण बानियाँ, कांग्रेस चितवनका पूर्व सभापतिहरू जितनारायण श्रेष्ठ, विकास कोइरालालगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : ४८ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९