बंगलादेशमा युनुसु सरकारविरुद्ध आन्दोलन गर्ने अवामी लिगको घोषणा « Khabarhub

बंगलादेशमा युनुसु सरकारविरुद्ध आन्दोलन गर्ने अवामी लिगको घोषणा


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका – बंगलादेशमा हिंसात्मक आन्दोलनपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग बंगलादेशको राजनीतिमा फेरि सक्रिय हुन थालेको छ । अवामी लिगले युनुसु सरकारविरुद्ध निरन्तर आन्दोलनको घोषणा गरेको छ । जुन फ्रेबुअरी १ बाट शुरू हुनेछ ।

बंगलादेशमा हिंसात्मक विद्यार्थी आन्दोलनपछि शेख हसिना प्रधानमन्त्री पद त्यागेर भाग्न बाध्य भएकी थिइन् । त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ ।

युनुस सरकारको पालामा शेख हसिना र उनको पार्टी अवामी लिगका नेताहरु विरुद्ध लगातार मुद्दा दर्ता हुँदै आए पछि सो पार्टी आन्दोलनमा उत्रिएको हो ।

हालै अन्तरिम सरकारका एक सल्लाहकारले अवामी लिगलाई चुनाव लड्न नदिने बताएका थिए भने भारतमा रहेकी शेख हसिनाले आफ्ना समर्थकहरूलाई भर्चुअल माध्यमबाट निरन्तर सम्बोधन गर्दै चुनाव लड्न नदिने योजनाको विरोध गरिरहेकी छिन् ।

अवामी लिगले मोहम्मद युनुस नेतृत्वको सरकारलाई सिधै चुनौती दिने भएपछि स्थितिमा बदलाव आउन सक्ने जनाइएको छ । अवामी लिगले बंगलादेशमा बन्दको आह्वान गरेको छ ।

उसको कार्यक्रम फेब्रुअरी महिनाभर चल्नेछ। युनुस सरकारको राजिनामाको माग गर्दै फेब्रुअरी १८ मा बंगलादेशभर हडतालको आह्वान गरिएको जनाइएको छ ।

पहिलो आलोको रिपोर्ट अनुसार अवामी लिगले फेब्रुअरी १ ​​देखि बंगलादेशको राजनीतिमा सक्रिय रूपमा पुनः प्रवेश खोजिरहेको छ । फ्रेबुअरी १ गतेदेखि कार्यक्रमको पर्चा वितरण गरिने छ भने फ्रेबुअरी ६, १० र १६ मा पनि निरन्तरता पाउनेछ ।

तर युनुस सरकारले यसप्रति कडा प्रतिक्रिया दिएको छ । प्रेस सचिव शफिकुल आलमले अवामी लिगको झण्डा बोकेर गैरकानूनी रूपमा विरोध गर्ने जोसुकैले कानूनको सामना गर्नुपर्ने बताएका छन ।

शुरूमा उनले भनेका थिए, ‘बंगलादेशमा अब अशान्ति र हिंसा गर्ने मौका दिइने छैन ।’ तर अवामी लिगलाई दिइएको यो चेतावनीको गलत अर्थ लागेपछि सच्चाउँदै शफिकुल आलमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारले पदभार ग्रहण गरेदेखि नै कुनै पनि वैधानिक आन्दोलनलाई रोकेको छैन । हामी भेला र संघको स्वतन्त्रतामा विश्वास गर्छौं।’

हसिना सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएलगत्तै अवामी लिगको विद्यार्थी संगठन, छाल लिगमाथि प्रतिबन्ध लगाइएको थियो । तर, अवामी लिगलाई भने अहिलेसम्म प्रतिबन्ध लगाइ सकिएको छैन ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ४९ बजे

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्