माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष मुखियाको निधन « Khabarhub

माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष मुखियाको निधन


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए । उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यसअघि रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका गरी ३ जना वडा अध्यक्षको निधन भएको थियो ।

लामो समय रिक्त रहेका उक्त तीनवटै वडामा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ११ : ३८ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना