माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष मुखियाको निधन « Khabarhub

माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष मुखियाको निधन


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए । उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यसअघि रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका गरी ३ जना वडा अध्यक्षको निधन भएको थियो ।

लामो समय रिक्त रहेका उक्त तीनवटै वडामा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ११ : ३८ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा