राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ : भीम रावल « Khabarhub

राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ : भीम रावल


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लमजुङ–  भूमि जागरण अभियान नेपालका संयोजक  तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रूपमा संकटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए। 

‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ’, उनले भने , ‘राजनीति  दलहरूले देश र जनताको लागि काम गर्न नसक्दा संकट पैदा भएको छ, यस्ता संकटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।’

देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो गरे।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १२ : ४५ बजे

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको