युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी दिनमा गरिने विकास निर्माणका कार्य युवापुस्ताको मनोविज्ञानमा आधारित हुनुपर्ने बताएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले आज आयोजना गरेको ग्रेटर घण्टाघर निर्माणसम्बन्धी छलफलमा उनले विकासमा युवापुस्ताको सहभागितासँगै उनीहरूको चाहनाअनुसार विकासमा ध्यान दिनुपर्ने बताए। 

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाले गर्ने हुँदा यहाँ हुने विकास जनभावनाअनुसार दिगो र वातावरणमैत्री हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । 

सार्वजनिक जमिन आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर मात्र अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्री कँडेलले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउनेतिर स्थानीय तहले ध्यान दिनुपर्ने बताए।

छलफल वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा र प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १ : २८ बजे

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै