पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात  | Khabarhub Khabarhub

पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दोलखा-जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ। 

शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको स्थानीय होटेल व्यवसायी हरि ओलिले बताए। व्यवसायी ओलिका अनुसार कालिञ्चोक तथा शैलुङमा गत वर्षहरुमा मंसिर र पुषमै हिमपात हुने गरे पनि यस वर्ष आधा फागुनमा  हिमपात भएको हो।

गत माघमा आंशिक हिउँ परे पनि शनिबार भने बाक्लो हिमपात भएको उनले सुनाए।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएपछि यहाँ शनिबार बिहान देखिनै आन्तरिक तथा बाह्य पर्यटक तथा कालिञ्चोक मन्दिर  दर्शन गर्न गएका भक्तजनहरू हिउँसँग रमाइरहेका छन् ।

यता कुरी हुँदै सदरमुकाम चरिकोट र दोलखा भिमेश्वर मन्दिर ओहोरदोहोर गर्ने सवारीका साधनलाई भने सडक क्षेत्रमा खसेको हिउँले सवारी ओहोरदोहोरमा सकस भएको छ। जिल्लाका केही क्षेत्रमा शुक्रबार देखिनै सामान्य हिउँदे वर्ष पनि भइरहेको छ।

फागुनमा परेको हिउँ तथा वर्षाले हिउँदे बालीलाई राहत मिलेको छ। हिउँदे वर्षा तथा हिमपात नहुँदा जिल्लाका किसान चिन्तित थिए। हिउँदे बाली गहुँ,आलु,मकै तथा  तरकारीलाई हिउँदे वर्षा तथा हिमपातले राहत पुग्ने देखिएको छ।जिल्लाको तल्लो क्षेत्रमा भने हिउँदे वर्षा नहुँदा किसान चिन्तित छन् ।

शनिवार जिल्लाका माथिल्लो क्षेत्रमा हिउँदे वर्षा भए पनि तल्लो क्षेत्रमा वर्षा नभएको पाइएको छ। 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ०२ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट