अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ :  प्रचण्ड « Khabarhub

अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ :  प्रचण्ड


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सिरहाको औरही नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उनले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनाताको आर्थिक उन्नतिका लागि पहल लिन सहयोग अपेक्षा गरे ।

लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरु गरेपछि योजना अघि बढेको स्मरण गरे ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही–४ इँटाटारमा आज आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गरे।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ०८ बजे

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली– ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढिमा पछिल्लो समय पर्यटकको

घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान

दोलखा– भौगोलिक र दूरीका हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमिटर